काँकडभिट्टामा अदुवा लिएर गएका ट्रक अलपत्र

 

इलाम, माघ १२ भारतीय भन्सारले नेपाली अदुवा निकासी रोकेपछि इलामबाट झापाको काँकडभिट्टामा अदुवा लिएर गएका सयाँैं ट्रक अलपत्र परेका छन ।

अदुवामा मिसावट भएको भन्दै भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेको व्यापारीले बताएका छन ।

अदुवा निकासी ठप्प भएपछि इलाम, पाँचथरका अदुवा कृषक चिन्तित बनेका छन । अदुवा लिएर काँडकभिट्टा पुगेका ट्रक अहिले धमाधम फिर्ता हुन थालेका छन।

भारतीय पक्षले विभिन्न बहाना बनाएर अदुवा निर्यातमा रोक लगाएको बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेलले बताए । भारतले बारम्बार अदुवा निकासी ठप्प पारेर किसान र व्यापारीलाई मारमा पारेको उनले बताएल ।
पटक÷पटक भारतले नेपाली अदुवा निकासीमा रोक लगाएपछि व्यापारी मारमा छन । दुई महिनाअघि मात्रै चार गाडी अदुवा एकहप्ता काँकडभिट्टामा राखेर निकासीको पहल गर्दा नसकेपछि विर्तामोड गोदाममा ल्याएर राखिएको पौडेलले बताए ।

बिक्री हुने आशामा कृषकले धमाधम अदुवा खन्न थालेका छन । अदुवा खनेर बिक्रीका लागि तयार गरेका फाकफोकथुम गाउँपालिका–२ का गोपीकृष्ण तिम्सिना अदुवा निकासी ठप्प भएपछि चिन्तित भएको उनले बताए ।

यसपाली अदुवा प्रतिमन रु ५०० सयदेखि रु ७ सयसम्म किनबेच हुँदै आएको छ । तर भारत निकासी ठप्प भएपछि ग्रामीण भेगमा अदुवा कारोबारनै ठप्प भएको स्थानीय व्यापारी इन्द्र अधिकारी बताए ।अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काले भारतीय पक्षसँग तत्काल अदुवा निकासी सहज बनाउनका लागि पहल गर्न सरकारसँग माग गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार