धरानका मेयर तारा सुब्बाको कार्यशैली प्रति वडाध्यक्षहरुको असन्तुष्ट

 

काठमाण्डौ, माघ १२ -धरान उपमहानगरपालिकाका मेयर तारा सब्बाको कार्य शैलीबाट धरानका वडाअध्यक्षहरु नै असन्तुष्ट बन्न थालेका छन ।
मेयर सुब्बाले आफनो खुसी निर्णय गदै उपमहानगरपालीममा काम गर्न थालेपछि वडाध्यक्षहरु असन्तुष्ट बनेका हुन । पछ्ल्लिो समयमा धरान उपमहानगर पालिकाका मेयरसुब्वामाथि वडाअध्यक्षहरुले नै गम्भीर आरोप लगाएका छन । उनले नगर परिषद्को वैठकमा पास नगरी नै ७८ लाख रुपैयाँमा नयाँ गाडी किन्न लागेको प्रति धरान १८ का वडा अध्यक्ष प्रविण राईले मेयरले एकलौटी निर्णय गर्ने गरेको मात्र नभई वडाको वजेटमा समेत हस्तक्षेप गर्ने गरेको आरोप लगाए ।

विवादास्पद निर्णय गरेर धरानको विकासलाई प्रभावित पार्न खोजेको भन्दै काँग्रेस धरानले पत्रकार सम्मेलन नै गरेर मेयर सुबबाको कार्यशैलिको खुलेरै विरोध गरेका छन । मेयर सुव्वाले एकलौटी ढंगलले नगरवासीको चाहान विपरित काम गरेको भन्दै काग्रेस सचिव श्याम पोख्रेलले नगरबासीको चाहना अनुरुप काम गर्न मेयर सु्ब्बाईलाई आग्रह गरे ।

काँग्रेस धरानका सभापती तिलक राईले मेयर सुबबाले काँग्रेसबाट निर्वाचित भएका वडाअध्यक्षहरुको कामलाई हस्तक्षेप गर्दै उपमहानगरपालीकामा विवादास्पद निर्णय गरेको जनाउदै विवादास्पद निर्णय नसच्याए उनि विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिए । नगरसभा र कार्यपालीकाको सहमति बेगर ७८ लाखको गाडि खरिद गर्न लागेको तथा आफु खुसि विना प्रतिष्पर्धा कर्मचारी भर्ती गरेका काग्रेस नगर सभापति तिलक राईले आरोप लगाए ।

मेयर सुब्बाले एमाले आफ्ना आफन्तलार्ई खुल्ला प्रतिष्पर्धा बेगर जागिर लगाएको, ६९ लाख रुपैया बराबरको गाडी खरिद गर्न लागेको, धरान बसपार्कको निर्माण कार्य अगाडि नबढाएको, सर्दुजलाधारको सरंक्षण गर्न छाडेर भुमाफियाहरुसंग मिलेर सर्दु जलाधार हडप्न खोजेको आरोप धरानका वडाअध्यक्ष तथा कांग्रेस नेताहरुले लगाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार