इटहरी गोल्डकपको उपाधिका लागि थ्रिस्टार र मनाङ भिड्ने

काठमाडौं, १२ माघ । थ्रिस्टार क्लब र मनाङ मर्स्याङ्दी क्लब अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

इटहरी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दीले १० जनामा सिमित कोलकताको गरिप्पा स्र्पोटिङ क्लबलाई -० गोल अन्तरले पराजित गर्दै थ्रिस्टारसंगको उपाधि भिडन्त पक्का गरेको हो ।

खेलको ४४औं मिनेटमा अवु बोकाई रातो कार्ड खांदै मैदानबाट बाहिरिएपछि गरिप्पा स्र्पोटिङ क्लब १० जनामा सिमित भएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेको मनाङले दश जनामा सिमित गरिप्पा स्र्पोटिङ क्लबलाई दोस्रो हाफमा दबाबमा राख्दै तीन गोल गर्न सफल भयो । मनाङको लागि खेलको ४७औं र ६७औं मिनेटमा सन्तोष साहुखलले दुई तथा ७६औं मिनेटमा बिमल रानाले एक गोल गरेका थिए । खेलमा दुई गोल गरेका मनाङका सन्तोष साहुखल म्यानअफ द म्याच घोषित हुंदै नगद १० हजार प्राप्त गरे ।

प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रिस्टारले आर्मीलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । अब उपाधिका लागि थ्रिस्टार र मनाङ बीच शनिबार फाइनल खेल हुनेछ ।

राष्ट्रिय जागृति युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको बिजेताले नगद १२ लाख तथा उपबिजेताले नगद ५ लाख प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार