‘विकास नभएका ठाउँलाई प्रदेश राजधानी बनाउनुपर्ने’

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश सरकार नेपालीका लागि आर्थिक भार थेग्न नसक्ने अवस्था रहेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बिजुक्छेले विगतमै यसका सम्पूर्ण पूर्वाधार तयार गर्न नसक्नाले झनै जटिलता थपिएको जिकिर गर्नुभयो ।

राष्ट्रियसभाको निर्वाचनका विषयमा कुनै कानुनी प्रावधान नभएको बताउँदै पूर्वसांसद बिजुक्छेले यसमा संविधान विपरीत गएर नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आआफ्नो अनुकूल व्याख्या गरिरहेको आरोप लगाउनुभयो ।

प्रदेश राजधानी काठमाडौं उपत्यकामा राख्नाको औचित्य नभएको बताउँदै उहाँले विकास नभएका ठाउँलाई प्रदेश राजधानी बनाउनुपर्ने सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार