भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याएका १३ लाख बढीको समान प्रहरीद्धारा बरामद

काठमाण्डौ माघ ११- भारतीय बजार भन्सार छलेर अबाट वैध रूपमा नेपाल भित्र्याएका १३ लाख बढी मुल्य बराबरको समान सुनसरी प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलिले इनरुवा नगरपालिका-३ सखुवागाछीबाट १३ लाख १७ हजार ७ सय बढी मुल्य बराबरको अवैध सामान बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीको टोलीले मे१ ज २८३ नम्बरको भ्यानमा भारतीय बजार बाट भन्सार छलेर ल्याउदै गरेको कपडा, स्टीलको बाल्टीन लगायत गरी सो मुल्य बराबरको सामन बरामद गरेको प्रहरी जनाएको छ ।

बरामद १३ लाख बढीको विभिन्न सामान सहित भ्यानका चालक र अन्य ५ जनालाई प्रहरीले नियन्त्रणमा लिई सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज बुझाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार