राष्ट्रिय बाणिज्य बैँकले बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरे

 

इटहरी । राष्ट्रिय बाणिज्य बैँक इटहरी शाखाले बैँकको ५२औँ स्थापना दिवसका अवसरमा ट्यांग्रा खोला किनारमा अध्ययन गर्ने बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ।

बैंकले एउटा कुर्सी सहित ५वटा म्याट्रेस ,४दर्जन कपि पेन्सिल , लगायतका सामग्रीहरू हस्तानतरण गरेकाे हाे । बैँक आर्थिक काममा मात्र नभएर सामाजिक काममा पनि सकृय छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि यो काम गरिएको शाखा प्रमुख दुष्यन्तराज निरौलाले बताए ।

२०५१ साल देखि इटहरीकाे टेंग्रा खाेलाकाे डिलमा स्थानीय समाजसेी चन्द्र भण्डारीले साना बालबालिकाहरूलार्इ निशुल्क शिक्षा प्रदान गर्दै अाइरहेका छन । हाल उनिसंग ३२ जना बिद्यार्थिहरू अध्यन्नरत रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार