उत्तर कोरियाको महिला खेलाडी दक्षिण कोरियामा

सोल/उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको समाचार छ । बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा अभ्यासका लागि गएका हुन् ।

आगामी महिना दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर र दक्षिण कोरियाले उक्त खेलमा संयुक्त प्रतिश्पर्धा गर्ने भएका हुन् । त्यसैले सो खेलमा दक्षिण र उत्तर कोरियाका महिला खेलाडीले संयुक्त रुपमा अभ्यास गर्ने भएका समाचारमा जनाइएको छ ।

दुई कोरियाबीच यस्तो सहभागीता करिब तीन दशक यता पहिलो पटक भएको जनाइएको छ । यसका साथै लामो समयपछि यसरी उत्तर कोरियाली महिला अधिकारी पहिलो पटक दक्षिण कोरिया प्रवेश गरेको पनि सो समाचारमा जनाइएको छ । अर्काे महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदम दुई कोरियाबीच यस्तो सहभागीता सुरु हुन थालेको छ ।

उत्तर कोरियाबाट आएका आइस हक्की खेल समूहका ती महिलालाई दक्षिण कोरियाको जिन्चेओनमा रहेको राष्ट्रिय आइस हक्की तालिम केन्द्रमा फुलको गुच्छा दिएर स्वागत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार