म्याग्दीमा अल्लो व्यावसाय फस्टाउदै

म्याग्दी, माघ ११ -म्याग्दीमा अल्लो व्यावसाय फस्टाउदै गएको छ । अल्लोबाट निर्माण गरिएका सामग्रीको माग बढ्दै गएपछि सो व्यवसाय फस्टाउदै गएको हो ।
हालै सम्पन्न छैटौँ म्याग्दी महोत्सव तथा माघेसङ््क्रान्ति मेलाको अवसरमा महिला उद्यमीले अहिलेसम्मकै बढी अल्लो र ढाकाका साम्रगी बिक्री गरेका थिए । विगतका महोत्सवमा कक्ष राखे पनि अधिकांश सामग्री घरमै फिर्ता लिएर आउने गरेकी महिला उद्यमी नेकसरा पुनले यस वर्ष करिब रु पाँच लाख बराबरको अल्लोका सामान बिक्री भएको बताए । उनले १०० देखि रु सात हजारसम्म पर्ने अल्लोका विभिन्न सामान बिक्री गरेका थिए ।

अल्लो कपडाबाट बनाइएको कोट, जुत्ता, चप्पल, झोला, टोपी, पर्सलगायत सामग्री बिक्री गरेका थिए। उनले काठमाडौँको भृकुटीमण्डपमा आयोजित हस्तकला प्रदर्शनीमा समेत रु तीन लाखको विभिन्न सामग्री बिक्री गरेका थिए । धौलागिरि अल्लो कपडा उत्पादन तथा टे«निङ सेन्टर सञ्चालन गरेर पुनले अल्लोका सामग्री उत्पादन गर्दै आएका छन ।
अल्लोको स्वदेशमा भन्दा विदेशमा यसको माग अत्यधिक व्यवसायीहरुले बताएका छन । पुनले अल्लोका जुत्तादेखि कोट, इष्टकोट, गलबन्दी, रुमाल, टोपीलगायत सामग्री निर्माण गरिन्छ । जिल्लाभरि व्यावसायिकरुपमा अल्लोका ७० जना तथा ढाकाका ६० उद्यमीले दैनिकरुपमा सामग्री निर्माण गरिरहेका छन ।

बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाभित्र सरकारी तथा गैरसरकारी संस्थामार्फत तालीम लिएर उद्यमी बनेका अधिकांशले उत्पादनले बजार पाउन थालेपछि अन्य घरायसी कामसमेत छोडेर दैनिक अल्लो र ढाकाका सामग्री बनाउने गरेका छन् । “विदेशबाट आएकाहरु कोशेलीको रुपमा लैजान्छन । गाउँका महिला आर्थिकरुपमा समेत आत्मनिर्भर हँुदैछन” अन्नपूर्ण गाउँपालिका–८ राम्चे नांगीकी राममायाँ पुनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार