त्रिभुवन आर्मी क्लबलार्इ ट्राइबेकरमा हराउदै थ्रि स्टार क्लब फाइनलमा प्रवेश

 

 

इटहरी माघ ११- सुनसरीकाे इटहरीस्थित क्षेत्रीय रंगसालामा जारी स्व.मदन भण्डारी अन्तराष्ट्रिय अामन्त्रण इटहरी गाेल्डकप अन्तरगत बुधबार भएकाे पहिलाे सेमिफाइनल खेलमा काठमाण्डाैकाे त्रिभुवन आर्मी क्लबलार्इ ट्राइबेकरमा हराउदै थ्रि स्टार क्लब काठमाण्डाै फाइनलमा प्रवेश गरेकाे छ । खेलकाे सुरूवाती समयदेखि नै उत्कृस्ट र राेचक प्रतिस्पर्धा चलिरहेकाे बेला पहिलाे हाफकाे २६ अाै मिनेटमा त्रिभुवन अार्मि क्लबका १८ नं जर्सी लगाएर मैदानमा उत्रेकाे नवयुगश्रेष्ठले रूस्लान थ्रिस्टार बिरूद्ध पहिलाे गाेल गर्न सफल भएका थिए ।

अार्मि बिरूद्ध कुनै गाेल गर्न नसकेपछि थ्रिस्टार पहिलाे हाफ सम्म शुन्यमै चित्त बुझाउनुपरेकाे थियाे तर दाेश्राे हाफ सुरू भएकाे १३ अाै मिनेटमा थ्रिस्टारका बिमल धर्ति मगरले दिएकाे हेड पासलार्इ सदुपयाेग गर्दै ४५ नं जर्सिका अजयी मार्टिनले एक गाेल गर्दै खेललाृइ बराबरीमा ल्याएका थिए ।

खेलकाे समयमा थ्रिस्टारले पाएकाे पटक पटककाे प्रहारलार्इ अार्मिका गाेल रक्षक बिकेस कुत्थुले उत्कृस्ट बचाउ गर्दै कुनै गाेल हुन दिएनन । खेलकाे दाैरान दुवै समुहबिच केही घम्साघम्सी समेत परेकाे थियाे । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि अन्तिम निर्णय ट्राइबेकर बनेकाे थियाे ।

साेही ट्राइबेकरमा त्रिभुवन आर्मी क्लब काठमाडौलार्ई ५–४ गोल गर्दै रूस्लान थ्रिस्टार क्लब सेमि फाइनलमा प्रवेश गरेकाे हाे । बुधबारकाे खेलमा म्यान अफ दि म्याच  थ्रि स्टारका पिटर सेगुन घोषित भए । बिहिबारको सेमिफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब काठमाडौ र गरिफा स्पोर्टिङ क्लब कोलकता बिच हुने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार