इटहरीको पशुवधशाला यतिबेला प्रयोगबिहीन

इटहरी । भौतिक पूर्वाधार सहितका सम्पूर्ण सेवा सुविधा उपलब्ध हुने गरी निर्माण गरीएको इटहरी हटीयालाइन स्थित पशुवधशाला यतिबेला प्रयोगबिहीन बनेको छ।

बैज्ञानिक पशु बधशालासँगै ब्यवस्थित तरकारी बजार मासु पसल सञ्चालन गरीने उद्येश्यकासाथ पशुपंक्षी महानिर्देशनालय , आवास तथा शहरी विकास विभाग र इटहरी उपमहानगरपालिकाको १ करोड बढी लगानीमा स्थापना गरीएको बधशाला भवनहरू अहिले लथालिंग बनिन पुगेका छन ।

माछामासु र तरकारीजन्य बजार ब्यवस्थापन गर्ने उद्देश्यले निर्माण भएको उक्त क्षेत्र हाल दुर्घन्द फैलाउने थलो बनेपछि स्थानीयहरू अक्रान्त बनेका छन । मासु काटीसकेपछि नियमित सरसफाइ नहुँदा त्यसबाट फैलिएको दुर्घन्दका कारण स्थानीयहरू मार्कामा परेका छन भने पैदल यात्री बटुवाहरू नाक थुनेर हिडन बाध्य भएका छन ।

सोही आसपास किराना पशल सञ्चालन गर्दै आएका ब्यवसायीहरू समेत अब सो स्थानमा पशु बध्शाला सञ्चालन गर्न नदिने अडानमा बसेका छन । बधशाला ब्यवस्थित नहुदा फालिएको फोहोरका कारण दुर्गन्ध फैलिनुकासाथै हैजाको संक्रमण फैलिने खतरा बढेको भन्दै चाडै इटहरी उपमहानगरपालिकामा निवेदन दिने तयारीमा जुटेका छन ।

यता तरकारी ब्यवसायीहरूको पनि गुनासो उस्तै रहेको छ । आरामसंगले इटहरीको आइतबारेमा पसल सञ्चालन गरिरहेका ब्यवसायिहरूलाई उपमहानगरले हटीयालाइनमा ल्याएर राखेको त्यस्पछि न कुनै समस्या सुनेका छन न ब्यवसाय उभोलाग्नु पाको छ । रातदिन नाक थुनो अनी बसो तरकारी ब्यवसायीहरूले गुनासो पोखे ।

उपमहानगरले यत्र तत्र छरीएका इटहरीका तरकारी ब्यापारीहरूलाई एकै स्थानमा ब्यापार गर्न भनी करोडौ खर्च गरी ब्यवस्थित पशु बध्शाला संगै तरकारी बजारको स्थान तोकेर आइतबारे बाट हटियालाइनमा सारेको थियो तर उपमहानगरले तोकेको स्थान ब्यवस्थित र भरपर्दाे नभएको भन्दै केही ब्यापारीहरू बिरोध स्वरूप पुरानै ठाउमा फर्केर गएका थिए भने केही त्यही बसेका थिए ।

अहिले पुन तरकारी ब्यवसायिहरू छरपस्ट बनेर ब्यवसाय गर्दै आएका छन । मासु पसल संगै तरकारी पसल सञ्चालन गर्न भनी हटीयालाइनमा ४० भन्दा बढी सटरका कोठाहरू बनाइएका छन । तर ति सबै अझू प्रयोगबिहीन अवस्थामा छन । केहीले ब्यवसाय सुरू गरे तर दैनिक रूपमा काटीने मासुको दुर्गन्धका कारण सबै पलायन बनीसकेका छन ।

यता सोही स्थानमा मासु ब्यवसाय गर्दै आएका ब्यापारी नगेश राईले भने मासिक रूपमा रू ७ हजार सटर भाडा तिरेर ब्यवसाय गरेको तर उपमहानगरले दिनुपर्ने सेवा सुविधा भने नदिएको गुनासो पोखे । हरेक हप्ता सरसफाई शुल्कदेखि हड्डी उठाउने ठेक्का लिएकाहरुलाई समेत शुल्क तिर्दै आएको तर समयमा ठेकेदारले काम नगरेपछि अहिले यो स्थान दुगन्धित बनेको ति ब्यवसायीको भनाइ छ ।

यता यस बिषयमा इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीसंग सम्पर्क गर्दा उनले सो बिषयमा आफुलाई जानकारी नभएको र पहिला समस्या के हो बुझेर तुरून्त सामधान खोजी गरीने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार