खोटाङमा लुमणिको शव खोलाको बगरमा गाडिएको अवस्थामा फेला

 

खोटाङ, माघ ११- खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नौमणि राईको आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा गए राति फेला परेको छ ।
बुधबार दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला पारिएको स्थानीयले बताएका छन । हत्या आशंकामा प्रहरीले सोही स्थानका गौमणि राईको १६ वर्षीय छोरा जीउधन राईलाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । पक्राउ परेका जीउधनले आफैँले बालिकाको हत्या गरेको स्वीकारेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । घटनाको अझै विस्तृत अनुसन्धान भईरहेको उनले जानकारी दिए । स्थानीयले भने जीउधनले बालिकाको बलात्कारपछि हत्या गरेर लुकाउनका लागि खोलाको बगरमा गाडेको हुनसक्ने अनुमान गरेका छन । पक्राउ परेका जीउधन र मारिएकी लुमणि नाताले दाजु बहिनी हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार