सलमान खानको नेपाली ‘ब्राण्ड’ विक्रेता क्षेत्री पक्राउ

काठमाडौं। बलिउड अभिनेता सलमान खानको परोपकारी ब्राण्ड ‘बिइङ ह्युमेन’ नामक फेन्सी उत्पादनको नेपालका लागी आधिकारिक विक्रेता राजु थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको दरबारमार्गमा ‘बिइङ ह्युमेन क्लोथिङ स्टोर’ सञ्चालन गर्दै आएका क्षेत्रीले नेपाली बजारमा निकै महँगो मानिने ‘बिइङ ह्युमेन’ ब्राण्ड विक्री गर्दै आएका थिए ।

बाग्लुङ स्थायी घर भएका क्षेत्रीलाई चेक बाउन्सको उजुरीपछि बुधवार काठमाडौंको दरबारमार्गबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय अपराध महाशाखाका डिएसपी मनोहर भट्टले बताए ।

महानगरीय अपराध महाशाखामा कार्यरत एक प्रहरी निरीक्षकका अनुसार क्षेत्री बिरुद्ध उजुरी गर्न पुगेका ३ जना मध्ये एकजनाले मात्र १५ लाखको चेक बाउन्स भएको उजुरी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार