काठमाडौं। अभिनेत्री श्वेता खड्काको फिल्म ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ। आफै निर्माता रहेकी श्वेताले बुधबार पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरेकी हुन्।

पति श्रीकृष्ण श्रेष्ठको निधनपछि पहिलोपटक श्वेताले अभिनय तथा निर्माण गरेको यो फिल्ममा गाउँले प्रेमकथा रहेको कुरा ट्रेलरले देखाउँछ। फिल्ममा श्वेतालाई दयाहाङ राईले साथ दिएका छन्।
आकाश अधिकारीको निर्देशनमा बनेको फिल्म फागुन ४ गतेबाट प्रदर्शनमा आउनेछ। ‘कान्छी’ मा श्वेता र दयासँगै कलाकारहरु नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतको अभिनय रहेको छ।