को सँग लगनगाँठो कसिन अभिनेत्री भावनाले ?

मुम्बई। दक्षिण भारतीय फिल्मकी अभिनेत्री भावना (कार्तिका मेनन)ले सोमबार विहे गरेकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार भावनाले कन्नाडा फिल्मका निर्देशक नविन कृष्णासँग केरलाको तिरुभमवादी मन्दिरमा परिवारका सदस्य, नजिकका नातेदार र साथीेको उपस्थितीमा परम्परागत शैलीमा विहे गरेकी हुन।

मन्दिरमा भावना गोल्डेन सारी, सुनका गहनाले सुन्दर देखिएकी थिइन्। भावना र नविन ५ वर्षदेखि प्रेममा थिए। दुबैबीच २०१७ मा इन्जेगमेन्ट भएको थियो।

भावनाले १५ वर्षअघि फिल्मी करियर सुरु गरेकी थिइन्। दुबै जना साउथ फिल्म उद्योगमा चर्चित छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार