भुटानी शरणार्थीले ११०औँ भुटान राष्ट्रिय दिवस मनाए


झापा माघ १०- भुटानी शरणार्थीले आफ्नो देशको सम्झना गदै ११०औँ भुटान राष्ट्रिय दिवस आज मनाएका छन ।
बेलडाँगी क्याम्प व्यवस्थापन समितिको आयोजनामा शिविर परिसरमा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो । दिवसका अवसर पारेर कराँते एशोसिएशन भुटानले कराँतेका पाँचजना प्रशिक्षकलाई सम्मान समेत गरेको थियो । यसरी सम्मानित हुने प्रशिक्षकमा योगेश चाम्लिङ, मदन उप्रेती, डम्बर सुनुवार, विष्णु नेम्वाङ र रेशा लिम्बू रहेका छन ।

कार्यक्रममा खेलाडीले पेटमा मोटरसाइकल कुदाउने, किकले घैला फुटाउने, गीत, नृत्यसमेत प्रस्तुत गरिएको थियो । यसैबीच यता भुटान राष्ट्रिय मेलमिलाप समिति तथा भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिले तत्काल बाँकी रहेका इच्छुक भुटानीलाई आफ्नो देश फर्काउन कार्यक्रमस्थलमा ब्यानर राखेर माग राखेका थिए ।
यसैगरी सो अवसरमा विभिन्न समयमा आयोजना गरिएका अन्तर्राष्ट्रिय कराँते खेलमा स्वर्णपदक विजेता १०, रजत पदक विजेता ६ र काश्य पदक विजेता चारसमेत २३ जना खेलाडीलाई सम्मान गरिएको थियो । शिविर सुपरीवक्षेक सुरेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार