भोजपुर जिल्ला वन कार्यालयले भूकम्पपीडित १ सय ३९ घरधुरीलाई काठ वितरण

भोजपुर, माघ १०- भोजपुर जिल्ला वन कार्यालय, भोजपुरले भूकम्पपीडित घरधुरीलाई सहुलियतमा काठ वितरण गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा निवेदन आएका मध्येबाट १सय ३९ भूकम्पपीडित घरधुरीलाई वन कार्यालयले काठ वितरण गरेको हो । काठ सामुदायिक वनबाट सात हजार ४सय१२ दशमलव १२ र निजी बनबाट एक हजार ४५६ क्युफिट वितरण गरेको जिल्ला वन कार्यालयका वन अधिकृत रामबाबु शाहले जानकारी दिए ।

निर्देशिकाअनुसार सामुदायिक र निजी वनमार्फत पीडितलाई काठ दिएको कार्यालयको भनाइ छ । भूकम्पपीडितले जिल्ला वन तथा आफ्नो क्षेत्रको सामुदायिक वनमा निवेदन दिएर ५० क्युफिटसम्म काठ ९० प्रतिशत सहुलियतमा पाउने जिल्ला वन कार्यालयको भनाइ छ । सहुलियतमा काठ लिनका लागि १६५ जनाको निवेदन परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार