राष्ट्रियसभा निर्वाचनका लागि यी हुन् फोरम र राजपाले छानेका उम्मेदवार (नामसहित)

काठमाडौं, १० माघ । माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले उम्मेदवारको टुंगो लगाएको छ । मंगलबार अबेर रातिसम्म बसेको दुई दलको छुट्टाछुट्टै बैठकले प्रदेश नम्बर २ बाट उम्मेदवारको नाम तय गरेको हो ।

दुबै पार्टीले दुई दुई जना उम्मेदवारको टुंगो लगाएका हुन् । संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा दलितबाट सर्लाहीका रामपृत पासवान र महिलाबाट सुनसरीका प्रमिला यादवको नाम चयन गरेको छ ।

राजपाले बाराबाट रमेश यादव र धनुषाबाट वृषेशचन्द्र लाललाई उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार