राष्ट्रियसभामा कांग्रेस र मधेसी दलबीच तालमेल, कुन दलले कति सीट पाए ?

काठमाडौं, १० माघ । मधेस केन्द्रीत दलले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने भएका छन्।

मधेसी दलका नेताले मंगलबार साँझ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेसका शीर्ष नेतासँग बालुवाटारमा राष्ट्रियसभामा तालमेल गर्ने सहमति गरेका हुन्।

राजपाका महासचिव केशव झाका अनुसार प्रदेश नम्बर २ का ८ सिटमध्ये आधा–आधा सीट लिने सहमति भएको छ। कांग्रेस र मधेसी तालमेल हुँदा पनि प्रदेश ३ मा वाम गठबन्धनले दुई सीट जित्ने देखिएको छ । यसो हुँदा कांग्रेस, संघीय समाजवादी फोरम र राजपाको भागमा दुई÷दुई सीट पर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार