राष्ट्रियसभाका लागि एमालेले छान्यो १३ उम्मेदवार, महिलातर्फ कोमल वली पनि परिन (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ३ वटा प्रदेशको उम्मेदवार तय गरेको छ । गायिका कोमल ओलीले पनि टिकट पाएकी छन् । उनी ५ नम्बर प्रदेशबाट महिला कोटामा उम्मेदवार छानिएकी हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार अबेर राति सम्पन्न स्थायी कमिटी बैठकले राष्ट्रियसभाका लागि उम्मेदवारको नाम तय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार प्रदेश नम्बर ७, प्रदेश नम्बर ६ र प्रदेश नम्बर ५ बाट उम्मेदवार छनोट गरिएको र अन्य प्रदेशको उम्मेदवारको नामावली छिट्टै सार्वजनिक गरिने छ ।

यही माघ २४ गते हुने सो निर्वाचनमा एमालेले नेकपा (माओवादी केन्द्र)सँग तालमेल गरी २९ सदस्यमा मात्र उम्मेदवार दिनेछ । बैठकले माओवादी केन्द्रसँगको पार्टी एकीकरण प्रक्रिया सकारात्मक दिशामा अगाडि बढिरहेकामा विश्वस्त हुन आग्रह गर्दै सिङ्गो पार्टी पङ्क्तिलाई एकीकरण प्रक्रियालाई बल पु-याउने गरी काम गर्न निर्देशित गरेको छ।

को को परे सूचीमा ?

प्रदेश नं ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रदेश नं ६

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ५

१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार