२३ औं संस्करणको मिस नेपालको आवेदन खुला

 561 पटक हेरिएको

काठमाण्डौ माघ ८- ‘द हिडेन ट्रेजर’ले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दे २३ औं संस्करणको ‘मिस नेपाल २०१८’ को आवेदन खुला भएको जानकारी दिएको छ ।
सन १९९४ देखि सुरू भएको मिस नेपालमा १९ वर्षदेखि २५ वर्षसम्मका युवतीहरू सहभागी हुन पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिहरु प्रतियोगितामा सहभागी हुन ५।४ इन्चभन्दा बढी उचाइ भएका, अविवाहित तथा नेपाली नागरिकता र पासपोर्ट भएका महिलाहरू हुनुपर्ने आयोजकले मापदण्ड तोकेको छ।

आयोजकका अनुसार ८ प्रमुख सहरहरू वीरगञ्ज, धनगढी, विर्तामोड, धरान, चितवन, पोखरा, बुटवल र नेपालगञ्जबाट अडिशन गरि प्रतियोगीहरूको छनोट हुने आयोजकले जानकारी दिए। फेब्रअरी ४ देखि १० सम्म उम्मेदवारहरूको छनोट गरिने र फेब्रुअरी १७ मा काठमाडौंमा अन्तिम छनोट हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार