सल्यानमा बस दुर्घटनामा परि तीन जनाको मृत्यु

 450 पटक हेरिएको


काठमाडौं माघ ८-सल्यानको त्रिवेणी गाउँपालिका वडा नं ६ स्थित सडक खण्डमा बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । घटनामा ३० जना घाईते भएको वडा प्रहरी कार्यालय लुहामका प्रमुख लक्ष्मण डाँगीले जानकारी दिए ।

लुमाह प्रहरी प्रमुख डाँगीले अन्यहरुको सनाखत भने हुन नसकेको जानकारी दिए। सल्यानको श्रीनगरस्थित विभिन्न मेडिकलहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

रूकुमबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको ना ५ ख ५३१ नं। बस आइतबार दिउँसो २ बजेतिर लुहामको बैघारे खोलामा सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको थियो। बस दुर्घटनाको कारण पत्ता नलागेको जानकारी दिइएको छ। अहिले घाइतेको उद्धारमा लागेको हुँदा दुर्घटनाबारे वृस्तृत जानकारी केही बेरमै प्राप्त हुने प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार