सामान्य घरायसी विवादपछि चौधरीले आफ्नै बुबाकोे हत्या गरे

 382 पटक हेरिएको

दाङ, माघ ८- दाङको तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरमा एक जान छोराले आफनो बाउको हत्या गरेका छन ।
गएराति सामान्य घरायसी विवादपछि तेजबहादुर चौधरीले आफ्नै बुबा ५२ वर्षीय बाबुराम चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ । उनले खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

हत्या गर्ने तेजबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल राखिएको प्रहरीले जनाएको छ । हत्यापछि चौधरीले घरकै भान्सा कोठामा झुण्डी आफँै आत्महत्या गरेको जस्तो देखाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार