रियल मड्रिडको शानदार जित

 497 पटक हेरिएको

काठमाडौं  माघ ८- आइतबार राति भएको खेलमा क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल दुबैले २—२ गोल गरेका छन ।
गोल गरेपछि रियल मड्रिडले स्पेनिस ला लिगामा ९ डिसेम्बरपछि पहिलो जित हात पारेको छ ।

रियल मड्रिडले डिपोर्टिभो ला कोरुनामाथि ७—१ को शानदार जित हात पारेको हो । रियलको घरेलु मैदान बेर्नाबाउमा भएको खेलमा अग्रता भने डिपोर्टिभोले लिएको थियो । २३ औं मिनेटमा एड्रिनले गोल गरेका थिए ।

तर, ३२ औं मिनेटमा नाचोले बराबरी गोल गरे । ४२ औं मिनेटमा ग्यारेथ बेलले गोल गरेपछि पहिलो हाफमा घरेलु टोली २—० ले अगाडि रहृयो । ५८ औं मिनेटमा बेलले दोस्रो गोल गरे भने ६८ औं मिनेटमा लुका मोडरिकले गोल थपे । त्यसपछि ७८ र ८४ औं मिनेटमा रोनाल्डोले गोल गरेपछि रियल ७—१ ले विजयी भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार