झापामा रुविना क्षेत्री र विशाल राईले अवार्ड पाए

 524 पटक हेरिएको


झापा माघ ८-नेपाल खेलकुद पत्रकार मञ्च झापाले आयोजना गरेको ‘झापा स्पोट्र्स अवार्ड २०७४’ मा दुई जना खेलाडीले अवार्ड हात पारेका छन ।
राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले र राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राईले वर्ष उत्कृष्ट खेलाडी अवार्ड हात पारेका छन । अवार्डसंगै उनीहरुले १५ हजार रुपैयाँ पुरस्कार समेत हात पारका थिए ।

युवा वर्ष खेलाडीको पुरस्कार डिफेन्डर देवेन्द्र तामाङ र पिपुल च्वाइजतर्फ उत्कृष्ट टीम रमपम झापा ११ घोषित भयो । देवेन्द्रले फुटबलकै पूजन उपरकोटी र क्रिकेटकी सवनम राईलाई उछिन्दै उत्कृष्ट पुरस्कार जितेका हुन ।पूर्व क्रिकेटर तथा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाल वर्ष उत्कृष्ट प्रशिक्षक बने । नगद पुरस्कार एन्फाका केन्द्रीय सदस्य पंकज नेम्वाङले दिवंगत भाइ तथा फुटबलर आशिष विक्रम नेम्वाङको स्मृतिमा प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार