नेपाली कांग्रेसकी नेतृ आरजुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउन महिला सांसदको माग

 394 पटक हेरिएको

कैलाली माघ ८ – नेपाली कांग्रेसकी नेतृ डा आरजु राणालाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउनु पर्ने माग राखेका छन ।
प्रदेश नं ७ का महिला सांसदहरुले विज्ञप्तिमार्फत नेपाली कांग्रेसको केन्द्रीय समिति तथा संसदीय बोर्डसंग राणालाई उम्मेदवार बनाउन अनुरोध गरेका हुन । प्रदेश ७ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने महिलाको संख्या न्यून भएकाले राणालाई उम्मेदवार बनाउन आग्रह गरिएको प्रदेश सांसद दिब्यश्वरी शाहले बताइन । डा आरजुको प्रतिनिधित्व भएमा यस प्रदेशका महिलाको आवाज केन्द्रसम्म र्पुयाउन सजिलो हुने भन्दै सांसद शाहले महिलाका संवैधानिक हक अधिकार स्थापित गर्न सजिलो हुने बताइन ।
प्रदेश ७ बाट प्रतिनिधित्व गर्ने महिला संसदहरुको मागमा आफूहरुको समेत सर्मथन रहेको नेपाली कांग्रेस डडेलधुराका सभापति तथा नेपाली कांग्रेसबाट प्रदेश सांसद कर्णबहादुर मल्लले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा मंसिर २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली ५ बाट उम्मेदवार बनेकी थिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार