कोठी संचालक वडाध्यक्षलाई आठ लाख धरौटीमा छाडन आदेश

 359 पटक हेरिएको

काठमाडौं माघ ८ चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोट, दुप्चेश्वर गाउँपालिका १ का अध्यक्ष सुनबहादुर तामाङलाई काठमाडौं जिल्ला अदालतलले ८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएका तामाङ दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा निर्वाचित भएका थिए ।प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी०ले सुनबहादुरलाई फेरि अदालतमा पेश गर्ने तयारी गरेको सीआईबी प्रवक्ता जीवन श्रेष्ठले जानकारी दिए । जिउ मास्नेबेच्ने सम्बन्धी पुरानो फैसला कार्यान्वयन बाँकी नै छ । त्यसको लागि फेरि अदालतमा पेश गर्न लागेको उनले बताए । मानव बेचबिखन सम्वन्धी अर्को पुरानो मुद्दाको फैसला कार्यान्वयन बाँकी रहेकाले उनी प्रहरी नियन्त्रणमै छन ।
सुनबहादुरले दुई सयभन्दा बढी चेलीहरुलाई भारतका बेश्यालयहरुमा लगेर बिक्री गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । उनले दिल्ली र मुम्बईमा बेश्यालयसमेत सञ्चालन गरेको प्रहरी अधिकारीहरु बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार