नेपाली काँग्रेसद्धारा चुनावी तालमेलबारे प्रमुख सत्तारुढ दलसंग छलफल

 403 पटक हेरिएको

काठमाडौं माघ ८ । प्रधानमन्त्री निवास बालुवाटारमा आज वाम गठबन्धनबाहेकका संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी लगायत प्रमुख सत्तारुढ दलसंग नेपाली काँग्रेसले छलफल गरेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा सहकार्य गर्नेबारे काँग्रेसले दलीय छलफल शुरु गरेको हो । चुनावको बिषयमा प्रारम्भिक छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्नेबारे काँग्रेससँग प्रारम्भिक छलफल मात्र भएको उनले जानकारी दिए ।
यसअघि शुक्रबार सम्पन्न काँग्रेस केन्द्रीय समिति बैठकमा पनि राष्ट्रियसभामा बढी सिट हासिल गर्न वामबाहेकका दलसँग चुनावी सहकार्य गर्नेबारे अधिकांश नेताले कुरा उठाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार