जोगी अघोरी बाबा बनेका नवराज पोखरेल प्रहरीद्धारा पक्राउ

 701 पटक हेरिएको


काठमाण्डौ
माघ ८ – किर्ते मुद्दामा अदालतबाट धरौटीमा छुटेपछि जोगी अघोरी बाबा बनेका नवराज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरेल आफनो अपराध लुकाउन जोगी जीवनशैली अपनाएका बसेका थिए । सजाय सुनाएको १० वर्षपछि उनि पक्राउ परेका हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पोखरेललाई सुन्दरीजलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्युरोका डीएसपी कृष्ण महतले बताए ।
नक्कली सर्टिफिकेट लगायत सरकारी कागजपत्र किर्ते गरेको आरोपमा ११ वर्षअघि पोखरेललाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । धरौटीमा छुटेका उनलाई वैशाख ०६१ मा काठमाडौं जिल्ला अदालतले एक वर्ष कैद र ५० रुपैयाँको जरिवाना सुनाएको थियो ।उनलाई जेल चलान गरिएको छ । ११ वर्षअघि पोखरेलले कालिकास्थानमा कार्यालय नै खोलेर नक्कली सरकारी प्रमाणपत्रको धन्दा चलाउँदै आएका थिए । सो कैदबाट बच्न उनी तान्त्रिक र जोगी बनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार