एमालेभित्र रघुवीर महासेठको कडा विद्रोह, अब एमाले सच्चिने कि महासेठ ?

 1397 पटक हेरिएको

काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले पार्टीमा विद्रोह गरेको छन् । महासेठसे एमालेलाई तह लगाउँछन् कि पार्टीले उनलाई त्यो हेर्न बाकी छ । तर, एमाले नेता महासेठले पार्टी निरंकुश ढंगले प्रदेश प्रमुख नियुक्त गरेको भन्दै चर्को असन्तुष्टि जाहेर गरेका छन् ।

उनले सरकारले अयोग्य र विवादित व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्ति गरेको आरोप लगाउँदै नयाँ सरकारले त्यसलाई निरन्तरता नदिने बताए । विवादित र पार्टीको मान्छेलाई प्रदेश प्रमुख बनाइएको छ । हामी मान्दैनौँ । देशका लागि अहित हुने र कानून विपरितका सबै निर्णय खारेज हुन्छ,’ उनले भने ।

‘यो सरकार देशलाई कसरी लुट्न सकिन्छ भन्नेमा केन्द्रीत छ । चुनावमा जनादेश गुमाएको छ । तर राजस्वको दुरुपयोग गर्ने, दीर्घकालीन असर पार्ने निर्णय गर्ने र सरकार लम्ब्याउने खेलमा लागेको छ ।’

सरकार प्रमुख जस्तो पदमा सरकारले नियुक्ति गर्दा एमालेले पनि ध्यान दिनु पर्नेमा पार्टी त्यसमा चूकेको नेता महासेठले टिप्पणी गरेका छन् । सरकारले नियुक्त गरेको सरकार प्रमुखहरुलाई सच्चयाएर पुनः नयाँ व्यक्तिको नियुक्ति गर्ने दिशामा एमाले अघि बढ्नु पर्ने उनले बताएका छन् । तर, आफूले भने जस्तो सरकार प्रमुख नतोकिए आफूले विद्रोह गर्ने उनले चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार