‘हाम्रो अभियान हाम्रो काँग्रेस’ भन्ने मुल नारा सहित घोषणापत्र जारी गर्दै नेपाली काँग्रेसको भेला सम्पन्न

 381 पटक हेरिएको

 

भक्तपुर, माघ ७- ‘हाम्रो अभियान हाम्रो काँग्रेस’ भन्ने नाराका साथ नेपाली काँग्रेसको शुद्धीकरण तथा सुदृढीकरण राष्ट्रिय अभियानअन्तर्गत शुरु भएको गुट उपगुटबाट मुक्त गर्नुपर्ने लगायत बुँदा राखिएको घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
नेपाली काँग्रेस शुद्धीकरण तथा सुदृढीकरणका लागि सात प्रदेशबाट सहभागी काँग्रेस नेताहरुको भेला घोषणापत्र जारी गर्दै सम्पन्न भएको नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले बताए ।
पार्टीको अबको कार्यदिशा के हुनुपर्छ भन्नेबारेमा बृहत छलफल भएको उनले बताए । पार्टीको विधानलाई समयानुसार परिमार्जन गर्नुपर्ने सुझावसमेत नेतृत्वलाई दिएको उनले बताए।

भेलामा काँग्रेसमा धेरै वर्ष योगदान दिएका, प्रजातन्त्रका लागि पटक पटक कारागार परेका, अवसर र जिम्मेवारीबाट वञ्चित भएका, पार्टीको राजनीतिमा निरन्तर क्रियाशील रहेका, तरुण– विद्यार्थी– महिला तथा देशभरका १३० पुराना नेता एवं पूर्व सांसदको सहभागिता थियो ।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै पार्टीलाई मजबुत बनाउने उद्देश्यले शुरु भएको भेला सात वटै प्रदेशमा गरिने तय भएको भेलामा सहभागी युवा नेता उमेशजंग रायमाझीले जानकारी दिए ।
भेलामा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, काँग्रेसका नेता रामपल्टन साह, नारायण भट्टराई, प्रताप गुर्घामीलगायतले पार्टीलाई आदर्श र सिद्धान्तअनुसार चलाउन अभियान महत्वपूर्ण रहेको बताएका छन । काँग्रेसका सभापतिहरुको भेला सोमबार खोटाङको हलेसीमा बस्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार