थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको चमेनागृहमा आगलागी

 697 पटक हेरिएको

काठमाडौँ, ७ माघ – थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ग्यास चुहिँदा चमेनागृहमा आगलागी भएको अस्पतालका प्रशासक रानु थापाले जानकारी दिए ।
आगोका कारण मानवीय क्षति नभएको उनले जानकारी दिएका हुन । तर भान्छामा रहेका सामान र भाँडा जलेको छ । अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङका अनुसार ग्यास सिलिण्डरको रेगुलेरबाट चुहिएको ग्यासका कारण आगलागी भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार