प्रदेश प्रमुखको सचिवालय गेष्ट हाउसवाटै संचालन

 491 पटक हेरिएको

मोरङ माघ ७ – एक  नम्वर प्रदेशका प्रमुख गोविन्द सुब्बाको सुनसरी सिचाइ योजना गेष्ट हाउसबाटै सचिवालय संञ्चालनमा आउने भएको छ ।

जिम्मेवारी सम्हाल्न विराटनगर आइपुग्नु भएका १ नम्वर प्रदेशका प्रमुख गोविन्द सुब्बा लाई नेपाली सेनाले सुरक्षाको जिम्मा लिएकोे छ ।सेनाको सुरक्षा घेराबाट उनलाई मोरङ सुनसरी सिचाइ आयोजनाको गेष्ट हाउसमा राखिएको छ ।प्रदेशको प्रमुखको हैसियतले सेनाले सुरक्षा जिम्मा लिन लागेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार आवश्ककता अनुसार सेना थप हुने र सशस्त्र , जनपथ सवै सुरक्षा निकायले जिम्मेवारी लिने छ ।

सुब्बाको सुरक्षाको लागी तत्काल १५ जनाको टुकडी परिचालन गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार कार्यालयको बैकल्पिक व्यवस्था नभएसम्म उहाँको सचिवालय गेष्ट हाउसवाटै संचालन हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार