मोरङमा प्रहरीद्धारा घरेलु मदिरा नष्ट

 548 पटक हेरिएको


पथरी माघ ७ – अबैध रुपमा लुकाईछिपाई भारत तर्फ लौजादै गरेको घरेलु मदिरा ईलाका प्रहरी कार्यलय पथरीले बरामद गरि नष्ट गरेको छ ।
प्रहरीले १ सय २५ लिटर मदिरा बरामद गरेका थिए । मदिरा कार्यलय परिसरमा खाल्डो खनि नष्ट गरिएको प्रहरी निरिक्षक विजय श्रेष्ठले जानकारी दिएका छन । पथरी बाट बिभिन्न समयमा अमरदह हँुदै भारत लैजादै गर्दा सुराकीको आधारमा पथरीबाट बरामद गरेको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिएका छन । लामो समयदेखि पुर्वी मोरङबाट घरेलु मदिरा तयार गरी लुकाईछिपाई बिराटनगर र भारत भित्रयाईने गरेको थाहा पाएपछि निगरानी बढाईएको श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार