प्रदेश २ को शपथ ग्रहणमा भाषाको विवाद

 672 पटक हेरिएको

काठमाण्डौ माघ ७-प्रदेश नम्बर २ का सांसदहरुको शपथग्रहणपछि हस्ताक्षर गर्ने क्रममा भाषाको लिपीलाई लिएर विवाद गरेका छन ।
धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईले उद्घोषणका क्रममा मातृ भाषामा शपथ गर्न सकिने तर देवनागरी लिपीको काजगमा हस्ताक्षर गर्नुपर्ने बताएपछि मधेश केन्द्रित दलका सांसदहरु उत्तेजित भएका थिए ।राजपाका जितेन्द्र सोनल, मनीष कुमार सुमन, डिम्पल झा र माओवादीका जगत यादव, ले विरोध जनाएका थिए । सांसदहरुको विरोधपछि मातृ भाषामै लेखिएको शपथ पत्रमा हस्ताक्षर गर्न सहमति भएपछि विबाद रोकिएको थियो ।
प्रदेश सांसदहरुले आइतवार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थसंग शपथ लिएका छन । सांसदको शथपअघि प्रदेश प्रमुख कायस्थले कार्यभार सम्हालेका थिए । मातृभाषामा शपथ गर्न पाउने व्यबस्था भएपनि शपथ गरेको हस्ताक्षर बुझाउने लिपी नेपाली भाषामा हुनुपर्ने भनेपछि विबाद शुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार