राष्ट्रिय सभा सदस्यमा कृष्णशंकर साहको दाबेदारी

 1195 पटक हेरिएको

काठमाडौं ७, माघ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य कृष्णशंकर साहले राष्ट्रिय सभा सदस्यको लागि आफ्नो दाबीदारी प्रस्तुत गरेका छन् । फोरम नेपालको राजनीतिक समिति सदस्य रहेका साहले आफू सो पदका लागि योग्य उम्मेदबार रहेको दाबी गरे ।

अल्पसंख्यक कोटाबाट एक मात्र उम्मेदबार रहेको भन्दै गर्दै उनले पार्टीले त्यसको सम्मान र प्रतिनिधित्व सुनिश्तिताका लागि पनि आफूलाई उम्मेदबार बनाउन जिकिर गरेका हुन् ।

‘अल्पसंख्यकको कोटाबाट राष्ट्रिय सभा सदस्यको सिफारिस लागि मैले पार्टी अध्यक्षलाई लिखित रुपमै निवेदन दिएको छु’— सन्डेखबरसँग कुरा गर्दै साहले भने, ‘उहाँले त्यसको सम्मान गर्ने कुरामा म विश्वस्त छु ।’

पार्टीमा निरन्तर इमान्दारीपूर्वक सक्रिय कार्यकर्ताको भूमिका निर्वाह गरेको तर्क गर्दै उनले पार्टीले उचित मुल्याकन गरेर राष्ट्रिय सभाको सदस्य बनाउनु भन्दै आग्रह गरे ।

फोरम नेपालले भने राष्ट्रिय सभा सदस्यका लागि क—कसलाई सिफारिस गर्ने त्यसको औपचारिक निर्णय गरेको छैन । सो पदका लागि पार्टीभित्र आकांक्षी उम्मेदबारहरु थुप्रै जना भएपनि त्यसको टुंगो अझै बाकी छ ।

महोत्तरी गृह जिल्ला भएका साहले यसअघि नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको दुई कार्यकाल जिल्ला अध्यक्ष भएर काम गरिसकेका छन् ।

२०६७ देखि उनले तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (हालको संघीय समाजवादी फोरम नेपाल) मा प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार