झापा ७, माघ ।- झापाको अर्जुनधारा नगरपालिका–१ निवासी २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको राति हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार गहतराजले श्रीमती लिम्बूको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ ।
श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।