असन्तुष्ट पक्षलाई पेलेरै अघि बढ्ने दाउमा देउवा

 453 पटक हेरिएको

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रका असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने भएका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले केन्द्रीय समिति बैठकमा पार्टीका विभिन्न गुट र उपगुटले उठाएका मागलाई वेवास्ता गर्दै अघि बढ्ने संकेत गरेका हुन।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बिहीबार र शुक्रबार दुई बसेको बैठकमा दर्जन बढी नेताहरुले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउन विधि र विधानसहित विभिन्न माग र सुझाव दिएका थिए। तर, सभापति देउवाले न उनीहरुको माग र सुझावलाई केन्द्रीय समिति बैठक सम्बोधन पनि गरेनन् भने कार्यान्वयनका लागि निर्णय लिने कुरा टाढाको विषय बन्न पुगेको छ।

केन्द्रीय समितिमा स्पष्ट बहुमतमा रहेका देउवाले केन्द्रीय सदस्यहरुको कुरा सुनेपनि उनीहरुले उठाएका कुनै विषयलाई सम्बोधन नगरेपछि असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका रामचन्द्र पौडेल पक्ष निरीह सावित भएका छन्। ‘जति कुरा सुनाएपनि नेतृत्व सुध्रिने र पार्टीलाई सुधार गर्ने संकेत देखिएन,’ पौडेल पक्षीय एक सदस्यले भने, ‘सभापति आफ्नै हिसावले अघि बढ्ने देखियो।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार