निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली सार्वजनिक गर्ने

 436 पटक हेरिएको


काठमाडौं, माघ ७ – आज प्रदेशसभा सदस्यहरुको सपथ पछि निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली सार्वजानिक गरिने भएको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २४ मा तोकिएको छ । जनाएको छ ।सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ लिँदैछन् ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभाका सांसद् र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ । ५५० जना प्रदेश सांसद् र ७६६ स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा सांसद् निर्वाचित गर्नेछन् ।

राष्ट्रियसभाका ५९ सदस्यमा प्रत्येक प्रदेशबाट ८र८ जना निर्वाचित भएर आउने छन भने सरकारको सिफारिसमा राष्ट्रपतिले तीन जनालाई मनोनित गर्ने छन् ।

्राष्ट्रियसभाको गठनपछि प्रतिनिधिसभा समानुपातिकको नाम पनि सार्वजनिक गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार