देउवाले बैठकमा ठट्टा गर्दै भने, मलाई धकेलेरै निकाल्ने हो त ?

 550 पटक हेरिएको

काठमाडौं। कांग्रेसको दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठक शुक्रबार सकिएको छ । बैठकमा केन्द्रीय समितिका सदस्यहरुले आ-आफ्नो धारणा राखेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार र शुक्रबार बसेको बैठकमा  केन्द्रीय सदस्यले पक्ष र विपक्षमा धारणा राखेका थिए ।

नयाँ पत्रिका लेख्छ-देउवाले बैठकको बिट मार्दै भने, ‘माओवादीसँग गठबन्धन गर्दा पार्टीभित्र प्रश्न उठ्यो, मेरो आलोचना भयो ।माओवादीसँग गठबन्धन भएको भए हामी यति खुम्चनुपर्ने थिएन । मधेसीसँग गठबन्धन गरौँ भन्दा आफैँ जित्छौँ भन्ने विश्लेषण पार्टीबाटै आए, यसकारण मधेसीसँग गठबन्धन हुन सकेन ।’

उनले युवाहरूलाई नहतारिन, तर जिम्मेवार हुन आग्रह गरे । ‘समयक्रममा पुस्ता हस्तान्तरण हुन्छ । धकेलेर निकाल्छु भन्नुभयो भने हामी पनि अडिन खोज्नुपर्‍यो नि, धक्का खाएर नै निस्कनु त भएन,’ व्यंग्यात्मक शैलीमा ठट्टा गर्दै देउवाले भने, ‘जिम्मेवारी हाम्रै काँधमा आयो भन्ने ठानेर युवाहरूले काम गर्नुस् । समयक्रममा तपाईंहरूले नै काम गर्ने हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार