एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया लम्बिने

 

काठमाडौं माघ ५- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता प्रक्रिया लम्बिने भएको छ ।

माओवादीका एक नेताले दिएको जानकारीअनुसार पहिला मिलिजुली सरकार गठन गर्ने र त्यसपछि पार्टी एकता गर्ने छलफल भइरहेको छ ।नेकपा एमालेका अध्यक्ष केपी ओलीको विहीबार नेपाल आगमनसँगै एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक शुक्रबार ९आज० बस्दैछ ।

शुक्रबार साँझसम्म एकता संयोजन समितिको बैठक बस्ने भएसँगै उपत्यका बाहिर रहेका समितिका अन्य सदस्यहरुलाई समेत काठमाडौं बोलाइएको छ । बैठकको समय तय गर्ने विषयमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच कुराकानी भइरहेको ओलीका स्वकीय सचिव अनिश दाहालले बताए । उनका अनुसार संयोजन समितिको बैठकले पार्टी एकताका सम्बन्धमा दुईवटा कार्यदल बनाउने ओली र प्रचण्डबीच सल्लाह भएको छ । पहिलो कार्यदल सांगठनिक एकता र व्यवस्थापन सम्बन्धी हुनेछ भने दोस्रो सैद्धान्तिक–बैचारिक एकता सम्बन्धी कार्यदल हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार