एमालेले राष्ट्रिय सभाका लागि उम्मेद्वार सिफारिस गरे

काठमाडौं माघ ५- एमालेको प्रदेश ७ को प्रदेश कमिटीको सचिवालयले राष्ट्रिय सभाका लागि उम्मेदवारे सिफारिस गरेको छ ।
सचिवालयले राष्ट्रियसभाका लागि केन्द्रमा १२ जनाको नाम सिफारिस गरेको हो ।

प्रदेश कमिटीले खुल्लातर्फ महेश्वर पाठक, बिक्रम बहादुर शाही र शेरबहादुर कुँवरको नाम सिफारिस गरेको छ । त्यस्तै दलित तर्फ पुरनसिंह दयाल, अफिलाल ओखेडा र चक्र स्नेहीको नाम सिफारिस गरेको छ ।

यसैगरी महिलाफर्त गौरी ओली, सावित्रा घिमिरे, हिरादेवी अवस्थी, कमला ओली, राधिका बोहरा र इन्दु कडरियाको नाममा राष्ट्रियसभाका लागि सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार