२० औं संस्करण बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगीता हुने

धरान माघ ४ बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगीता २० औं संस्करण यहि माघ २० देखी २७ गते सम्म हुने भएको छ । धरान फुटबल क्लबको आयोजनामा गोल्डकप हुने भएको छ ।
विसौं बुढासुब्बा गोल्डकप फुटबल हुन लागेको क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । यस पटक प्रतियोगीतामा बुढासुब्बा गोल्डकपका विजेता टिम लाई नगद ५ लाख रुपया, उपविजेता टिमलाई २ लाख ५१ हजार रुपया पुरस्कार प्रदान गरिने जानकारी दिइएको छ । साथै उत्कष्ट गोलरक्षक, उत्कृष्ट डिफे, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडीलाई जनही २५÷२५ हजार प्रदान गरिने बताइएको छ । प्रतियोगीतामा सहभागी खेलाडि लाई प्रोत्साहित गर्न यसपाली पनि थप प्रतियोगिताको उत्कृष्ट चयान भएका खेलाडीलाई १ थान यमाहा मोटरसाइकल प्रदान गरिने छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई दश हजार प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागी टिमहरुमा नेपाल बाट नेपाल पुलिस, शसस्त्र प्रहरी, एडिविजन क्लबमा मनाङग मस्र्याङदी, संकटा क्लब, थ्रिस्टार, अण्डर १९ राष्ट्रिय नेपाली टिम र आयोजक धरान फुटबल क्लब रहेका छन । आमन्त्रित अन्तर्राष्ट्रिय टिममा बंगलादेशको धनमुन्दी क्लब, भारत कलकत्ताको गरिफा फुटबल क्लब सहभागी हुने अध्यक्ष राईले जानकारी दिए । यसपटक १० वटा टिम सहभागि हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता आयोजनको अनुमानित लागत ५३ लाख ४७ हजार रुपया रहेको बताइएको छ । धरान फुटबल क्लबको स्थापना भई २०५५ सालदेखि बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सञ्चालन भईरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार