सरकार विरुद्ध नारावाजी र कडा आन्दोलन गर्दै प्रधानमन्त्री देउवाको पुत्ला जलाए

काठमाण्डौ माघ ४- डोटीमा आन्दोलनकारी सरकारको विरुद्धमा नाराबाजी गर्दै सडक पूर्णरुपमा बन्द गराएका छन । सरकारले प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढी तोकेसँगै डोटीमा आन्दोलनकारीहरुले आन्दोलन गरेको हो । सरकारको निर्णय तत्काल परिवर्तन गरेर राजधानी दिपायल कायम गर्ने पर्ने माग गदै आन्दोलनकारीहरु कडा आन्दोलनमा उत्रिएको बताइएका छन्। । उनीहरुले दिपायलस्थित क्षेत्रीय प्रशासनको कार्यालय घेराउ गरेका छन्। ।

टायर बालेर सरकारका विरुद्धमा नाराबाजी गरिरहेका छन्। । सरकारको निर्णयको विरुद्धमा डोटीस्थित क्रियाशील राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज निजी क्षेत्रका व्यक्तिहरु सडकमा आएका छन्। । निर्णयको विरोधमा आन्दोलनकारीद्वारा प्रधानमन्त्री शेरबहादुर देउवा, भीम रावल, लेखराज भट्टलगायत नेताको पुतला समेत जलाइएको छ।

सरकारको निर्णयप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसका नेता रामप्रसाद उपाध्यायले निर्णयका विरुद्धमा कडा आन्दोलनमा जाने बताए। यदि सरकारले माग पुरा गरेन भने ‘नेपाली कांग्रेस डोटीका सम्पूर्ण नेता तथा कार्यकर्ताले पार्टीको साधारण सदस्यबाट सामुहिक रुपमा राजीनामा दिने पनि बताए ।

त्यसैगरी नेकपा एमालेका जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले सरकारले डोटेलीजनताको भावनाविपरित निर्णय गरेकाले सबैले यसको विरुद्धमा आन्दोलन गर्नुपर्ने र आन्दोलनबाटै निर्णय फिर्ता गर्न लगाइने बताए। शुक्रबारदेखि अनिश्चितकालिन यातायात बन्द तथा आमहड्तालको घोषणा गरेका छन भने जिल्ला सदरमुकाम सिलगढी तथा क्षेत्रीय सदरमुकाम दिपायलमा सरकारका विरुद्धमा विशाल जनप्रदर्शन गर्ने निर्णय गरेको छ।

प्रदेशको राजधानी धनगढी भएसँगै डोटीबाट निर्वाचित जनप्रतिनिधीहरुले समेत सरकारको विरोध गरेका छन्। । त्यसैगरी प्रदेशसभा सदस्य त्रिलोचन भट्टले डोटी सबै हिसाबले उपयुक्त हुँदा हुँदै पनि अहिलेको सरकारले गरेको निर्णयका विरुद्धमा डोटेली जनता आफै सडकमा उत्रने बताए। त्यसैगरी सरकारले प्रदेशको राजधानी धनगढी स्थापना गरेको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको विरोध गरिएको छ। विरोधमा नेपाली कांग्रेसको पार्टी कार्यालय परिसरमा देउवा दम्पतीको पुतला बनाई शव यात्रा निकालिएको छ।
प्रदेश नम्बर ७ को माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन सरकारले डोटीमा हुने निर्णय गरेको भएपनि प्रदेशको राजधानी डोटीमा कायम नगरिएका कारण कुनै हालतमा पनि उक्त निर्वाचन हुन नदिने बताइएको छ। त्यसैगरी डोटीका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु समेत आन्दोलनमा उत्रेका छन्। । उनीहरुले आन्दोलनमा आफ्नो ऐकेबद्धता रहेको भन्दै पदबाट समेत राजीनामा दिन तयार रहेको बताए। उनीहरुले राष्ट्रिय सभा सदस्य निर्वाचन समेत बहिस्कार गर्ने बताएका छन्। ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार