धनकुटामा स्थानीय प्रशासनलद्धारा अनिश्चितकालीन कफ्यू


काठमाण्डौ माघ ४ – प्रदेश नं १ को राजधानी धनकुटालाई माग गर्दै आन्दोलन गरेका  आन्दोलनकारीले धनकुटामा तनावग्रस्त बताएका छन । आन्दोल्नकारीहरुले स्थिति तनावपूर्ण बनाएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्यू लगाएको छ । प्रहरीको लाठिचार्जबाट नेपाली काग्रेस धनकटाका कोषाध्यक्ष दिनेश राइ घाइते भएका छन । आन्दोलनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालयसहित आधा दर्जन भन्दा वढी सरकारी कार्यालयमा तोडफोड गरेका छन ।
धनकुटा बजार बन्द गराउदै हिँडेको आंशकामा प्रहरी प्रमुख सुदिप राजभण्डारीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन खोजेपछि आक्रोशित आन्दोलनकारीले प्रहरीको गाडीमा तोडफोड गरेका छन्। । बुधबार बिहान धनकुटा प्रहरी प्रमुख भण्डारीले एक जना आन्दोलनकारीलाई नियन्त्रण लिन खोज्दा आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालय धनकुटाको ना १ झ १३१४ नम्बर गाडीको झ्यालको सिसा फुटाएका हुन्। ।
आन्दोलनकारीले प्रहरी र एसपी भण्डारीविरुद्व नाराजुलुस गरेका छन्। । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नं १ को अस्थायी मुकाम विराटनगर तोकेपछि धनकुटामा तिव्र विरोध भएको थियो। आन्दोलनकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको पुत्ला दहन गरेका थिए । संस्था, बित्तीय संस्था पूर्णरुपमा ठप्प छ। सरकारले हिजो गरेको निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी रहने प्रादेशिक राजधानी धनकुटा बनाऔं संघर्ष समितिका संयोजक सुन्दरवावु श्रेष्ठले बताए। माघ ३ गते बुधबर धनकुटाको लागि कालो दिन भएको उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार