इटहरी उपमहानगरपालिका भ्रष्टाचारका दोषीलाई कार्वाहीको माग

इटहरी माघ ४- इटहरी उपमहानगरपालिकामा भएको सिएफएल प्रकरणमा कार्यपालिकाको बैठकले दोषीलाई उन्मुक्ती दिनेगरी निर्णय गरेको बिरोधमा सचेत युवाहरूले धर्ना कार्यक्रम जारी राखे । दिउसो एक बजे उपमहानगरको प्रवेशद्वार अगाडि जम्मा भएका सचेत युवाहरूको समुहले बिभिन्न नारावाजी गर्दै दाषीलाई कार्वाहीको माग गरे । उपमहानगरपालिका कार्यपालिकाको बैठकले पुस मसान्तमा सिएफएल प्रकरणमा दोषी देखिने जोकोहीलाई पनि एक पटक माफि मगाएर छाडीने लजजास्पद निर्णय गरेको भन्दै युवाहरूको समुहले मंगलबारदेखि लगातार धर्ना दिदै आएका छन् । सिएफएल लगायत अन्य बिषयमा भएको भ्रष्ट्रचारमा संलग्न दोषीहरूलाई कावार्ही नभए सम्म धर्नालाई जारी राख्ने सचेत युवाहरूले बताए ।
मंगलबार एक घण्टा धर्ना दिएर बिरोध जनाउदै आएका युवाहरूको समुहले बुधबार उपमहानगरको मुख्य प्रवेशद्वार नै बन्द गराएर धर्ना दिएका थिए । उनिहरूले भ्रस्ट्रचारी कर्मचारीलाई कार्वाही गर, लगायत भ्रष्टाचार बिरोधी नारा लगाएका थिए । उपमहानगरको मुख्य प्रवेसद्वार बन्द गरेर नाराबाजी गरेपछि उपमेयर लक्ष्मी गौतमलाई कार्यालय प्रवेसमा अवरोध भएको थियो । तर भिडलाई सम्बोधन गर्दै उपमेयर गौतमले अख्तियारले सिएफएल काण्डमा छानबिन गरिरहेकोले आफु दोषी भेटिए जेल जान तयार रहेको भनेपछि उनलाई कार्यालय प्रवेश गर्न दिइएको थियो । बुधबार आन्दोलनको नेतृत्व गरिरहेका इटहरीका कवि तथा सचेत युवा नवराज मैनालिले जब सम्म सिएफएल काण्डका दोषीलाई कानुनत कार्वाही हुदैन तब सम्म धर्ना देखि सडक आन्दोलन सम्मका कार्यक्रमहरू जारी रहने बताए । उनले आन्दोलनलाई समर्थन जनाउन उपमहानगरवासीहरूलाई समेत अनुरोध गरेका छन ।
यस बिषयमा इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी समक्ष कुरा राख्दा उनले संवैधानिक निकाय अख्तियारले यस बिषयमा छानविन गरिरहेकोले आफुहरू पछि हटेको बताए । अख्तियारले छानविन गरेर दोषी पत्ता लगाइ कार्वाहीको जिम्मा लिएकोले आफ्नो हस्तक्षेप नहुने बताउदै त्यसमा आफु दोषी देखिए जेल जान तयार रहेको बताए । उपमहानगरमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरूले पहिलो त्रैमासिकमै अवैधानीक ढंगबाट ९७ लाख मुल्य बराबरको सिएफएल बल्ब खरिद गर्दा लाखौ रकम अनियमितता भएको समाचार सार्वजनिक भएको थियो । भ्रष्ट्रचारको बिषयमा अझै पनि अख्तियार दुरूपयोग अनुशन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले उपमहानगरबाट आवस्यक कागजातहरू जफत गरी अनुशन्धान जारी राखेको छ । सोही बिषयमा इटहरी उपमहानगर अन्तरगत वडा ६ का अध्यक्ष दिपक गौतमको नेतृत्वमा छानविन समिति समेत गठन गरिएको थियो । छानविन समितिले सिएफएल खरिदमा २० लाख भ्रष्ट्रचार भएको तथ्य सार्वजनिक गरेपनि पुस मसान्तमा बसेको कार्यपालिकाको बैठकले दोषीलाई उन्मुक्ती दिनेगरी निर्णय गरेपछि जनप्रतिनिधीहरूको चौतर्फी बिरोध सुरू भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार