अधिकांश वित्तीय संस्था शहर केन्द्रित भई गाउँमा जान सकेको छैन-बैंकका सूचना अधिकृत शम्भुनाथ ढुंगाना

 541 पटक हेरिएको

काठमाडौँ, माघ ३ मिडिया इन्टर्नलद्वारा आयोजित ‘मुलुकमा वित्तीय संस्थाको अवस्था’ विषयक अन्तक्र्रियामा नेपाल राष्ट्र बैंकका सूचना अधिकृत शम्भुनाथ ढुंगानाले देशभर वित्तीय पहुँच ४० प्रतिशत जनसंख्यामा पुगेको बताएका छन ।
उनले अधिकांश वित्तीय संस्था शहर केन्द्रित भई गाउँमा जान नसकेकाले वित्तीय साक्षरता भने देशरभर १८ प्रतिशतमा सीमित रहेको जानकारी दिए । बीमा समितिका निर्देशक राजुरमण पौडेलले मुलुकमा वित्तीय तथा गैर वित्तीय क्षेत्रमा जोखिम न्यूनीकरण गर्न बीमा संस्थाको महत्व रहेको भए पनि सर्वसाधारणमा पहुँच विस्तार गर्न नसकिएकाले ‘एक घर एक बीमा’ नीति ल्याउन गृहकार्य भइरहेको जानकारी दिए । बैंकर्स एशोसिएशनका अध्यक्ष भरतराज ढकालले मुलुकको ग्रामीण क्षेत्रमा विप्रेषण र ग्रामीण सडकका कारण उत्पादनको भन्दा उपभोगको अनुपात बढेकाले त्यहाँको अर्थतन्त्र खस्केको विचार व्यक्त गरे ।

पहलो लघु वित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले देशभर ५५ लघु वित्त सञ्चालनको क्रममा रहेको बताउँदै यिनका माध्यमबाट अहिले मुलुकमा रु ३४ अर्ब निक्षेप संकलन भएको बताए । रिलायन्स लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मुलुकमा भएका विभिन्न वित्तीय संस्थाले गर्ने पूँजी संकलन र कर्जा प्रवाहजस्ता वित्तीय गतिविधिले देशको अर्थतन्त्रलाई गतिशील बनाउने बताउँदै यसबारे सर्वसाधारणमा वचत तथा लगानीका बारे चेतना फैलाउन खाँचो औँलाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार