सांसद रवीन्द्र अधिकारीलाई सम्मान

 420 पटक हेरिएको

पोखरा, माघ ३ – पोखरा लेखनाथ महानगरपालिका– १७ स्थित राम मन्दिर सञ्चालक समितिले कास्की निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रवीन्द्र अधिकारीलाई आज यहाँ एक समारोहका बीच सम्मान गरेको छ ।
मन्दिर हातामा नवनिर्मित सभा हलमा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष लिलाभक्त आचार्यले नवनिर्वाचित सांसद अधिकारीलाई फूलमाला र दोसल्लासहित सम्मान गरेका थिए । कार्यक्रमा बोल्दै सांसद अधिकारीले यस क्षेत्रका धार्मिक क्षेत्रलाई जोडेर आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।
धार्मिक क्षेत्रको आम्दानी तथा विकास निर्माणमा विनियोजित बजेटको सही सदुपयोग हुनुपर्ने बताउँदै उहाँले पोखरा र यस क्षेत्रमा रहेका धार्मिक धरोहरको संरक्षण र विकास निर्माणका लागि बृहत् गुरुयोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।पोखराको दक्षिणी भेगस्थित फुस्रेखोलामाथि दम्सादीमा निर्माण गरिने पक्की पुल मुलुककै १० मध्ये एक नमूना पुल भएको बताए । पोखरा लेखनाथ–१७ का वडाध्यक्ष तीर्थ अधिकारीले महानगरपालिकाले ढल व्यवस्थापनको लागि रु ५० लाख बजेट विनियोजन गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार