राष्ट्रपति बिद्यादेवी भण्डारी मोरङको जनता आधारभुत बिद्यालयमा आउने

 431 पटक हेरिएको

बेलबारी । राष्ट्रपति बिद्यादेवी भण्डारी मोरङको बेलबारी १ मा रहेको श्री जनता आधारभुत बिद्यालयमा आउने भएकी छिन ।
स्थापनाको ५० बर्ष पुग्दा समेत निम्न माध्यमिक बिद्यालयबाट स्त्तरोन्नित हुन नसकेको बिद्यालयले यहि माघ १७ गतेदेखि १९ गतेसम्म स्वर्ण महोत्सब समेत आयोजना गरेको छ ।

बिद्यालय ५० बर्ष पुगेको अबसरमा बिद्यालयले निर्माण गरेका स्मारक अनावरणका लागी भण्डारी यहि ६ गते सो बिद्यालयमा आउने कार्यक्रम तय भएको छ । उनी हेलिकप्टरमा बिद्यालयकै प्राङगणमा ओर्लिने र स्मारण अनावरण गर्ने कार्यक्रम तय भएको महोत्सब आयोजक समितिका भिम बस्नेतले जानकारी दिएका छन ।

भण्डारीले सो बिद्यालयमा २०४३ सालदेखि २०४६ सालसम्म अध्यापन गराएकी थिईन । बिद्यालयमा माध्यमिक तहको कक्षा थप गरी पढाई शुरु गर्नका लागी महोत्सब आयोजना गरिएको महोत्सबका संचार संयोजक टेकराज मगरले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार