नेशनल लाइफ इन्स्योरेन्सले भण्डारी परिवारलाई १३ लाख प्रदान

 564 पटक हेरिएको

विर्तामोड माघ ३ नेशनल लाइफ इन्स्योरेन्स शाखा विर्तामोडले बिमित कुमबहादुर भण्डारीको इन्स्योरेन्स वापतको १३ लाख रुपैयाँ प्रदान गरेको छ ।गत कात्तिक २१ गते मृत्यु भएका इलाम सूर्योदय नगरपालिका–२ निवासी भण्डारीका पिता भीमबहादुर भण्डारीलाई इन्स्योरेन्स कम्पनीका प्रतिनिधि बन्धु निरौला तथा नेशनल लाइफ बिर्तामोड शाखा प्रमुख कमलबहादुर बुढाथोकीले चेक हस्तान्तरण गरे ।

वैदेशिक रोजगारीमा दुबई गएका भण्डारी १ महिनापछि मेडिकल फेल भएसँगै फिर्ता भएका थिए । गत भदौ १९ गते दुबई गएका उनी कात्तिक ७ गते फर्किएका थिए ।

नेपा फर्किए लगत्तै उनको मृत्यु भएकाले उनको परिवारलाई रकम प्रदान गरिएको बताइएको छ । १० लाखको इन्स्योरेन्स गरेका भण्डारीलाई १३ लाख रुपैयाँ उपलब्ध गराइएको थियो । उक्त रकम पिता भीम र माता मायादेवीको संयुक्त खातामा जम्मा गरिने गरी हस्तान्तरण गरिएको मृतकका भिनाजु मोहन काजी न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार