ओली नफर्किँदै एमालेको स्थायी समिति बैठक बस्दै, वामदेवले गर्नेभए यस्तो निर्णय

 646 पटक हेरिएको

काठमाडौं। पार्टी अध्यक्ष केपी शर्मा ओलीको बैंकक भ्रमण लम्बिएपछि एमालेले बुधबार कार्यवहाक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा स्थायी कमिटी बैठक बोलाएको छ। बुधबार दिउसो पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको छ।

राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवारी चयन तथा माओवादी केन्द्रसँगको एकताको विषयमा छलफल गर्न बैठक बोलाइएको एमाले नेता कृष्णगोपाल श्रेष्ठले बताए।

आज फर्कने भनिएपछि ओली बिहिबार मात्र फर्कने भएपछि एमालेले कार्यवहाक अध्यक्षको नेतृत्वमा छलफल गर्न लागेको हो। ओली नियमित स्वास्थ्य चेकअपमा गत पुस २६ गते बैंकक गएका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार